म आत्मालोचना गर्दै हिँड्ने मान्छे हुँ, पार्टीले पनि कमजोरी सच्याउनुपर्छ : जनार्दन शर्मा (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र संगठनका लागि मात्रै संगठन बनाएर नहुने टिप्पणी गरेका छन्।

जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत नेतृत्वसँग कर्मचारी, बुद्धिजीवी शिक्षक, प्राध्यापक, कानुन व्यवसायीहरूको अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीभित्रको समस्या समाधान गरेर आत्मालोचना गरेर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘पार्टीको कमजोरी छ, आत्मालोचना हुँदैन। तर, म आत्मालोचना गर्दै हिँड्ने मान्छे हो। हामीले बुद्धिजीवीहरूको बुद्धि प्रयोग नै गर्न सकेको छैनौँ। त्यो पार्टीले सुधार गर्नुपर्ने कुरा हो। हाम्रो सबै संगठन वाइसीयल, सबै अखिल क्रान्तिकारीजस्तो हुँदैन। संगठनको आआफ्नै विशेषता छन्। आफ्नै महत्त्व छन्।’

उनले सबैले आलोचनात्मक र समालोचनात्मक नभई प्रश्न गर्नतिर केन्द्रित नभएको बताए।

उनले भने, ‘हामी संगठनका लागि संगठन बनाउँछौँ। संगठनमा पनि प्रतिस्पर्धा कमिटीको अध्यक्षमा को हुने भन्नेमा मात्रै हुने संगठनको लक्ष्य, उद्देश्य र कामबारे चर्चा कम हुनेछ। सायद यो पार्टीको कमजोरी हो त्यसलाई सच्याउनुपर्छ।’

Comments

One response to “म आत्मालोचना गर्दै हिँड्ने मान्छे हुँ, पार्टीले पनि कमजोरी सच्याउनुपर्छ : जनार्दन शर्मा (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    मुख्य कमजोरी त प्रचण्डको छ नि कमरेड ।उनले लाख गल्ती गरेका छन् । ४० वर्षदेखि पदमा झुण्डिएका छन् । अस्थिरताका नायक भनेर चिनिन्छन् । साथै विदेशीको विशुद्व दलाल हुन् यी । तिनलाई अब त हटाउनै पर्झ । नत्र पार्टी अघि बढदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *