काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय अहिले बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरमा सुरु हुँदैछ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने जनाइएको छ। हालै बसेको केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्ययोजना र अन्य दस्ताबेजहरू सम्पादन गर्ने जिम्मा सचिवालयलाई दिएको थियो।
बैठकले पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको थियो। महाधिवेशन र कार्य विभाजनसहित अध्यक्ष माधव नेपालले जारी गरेको अपानीको विषयले नेकपा एसमा विवाद छ।
सम्मानित नेता झलनाथ खनालले अनेरास्ववियु र युवा संघको नेतृत्व अध्यक्ष नेपालले अपानीबाटै खोजेको भन्दै फरक मत नै राखेका थिए। अहिले दुवै समूहले अलग अलग भेला गर्दै आएका छन्। बैठकमा त्यसबारे पनि छलफल हुने जनाइएको छ।

Leave a Reply