बालेन र हर्क साम्पाङलाई आफ्नै मान्छे ठान्छु : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारीको फूल भनिसकेकाले आफ्नै ठान्ने बताएका छन् ।

विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन शाह होस् वा हर्क साम्पाङ जो आएपनि केही फरक नपर्ने उनको भनाइ थियो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा हर्क साम्पाङजस्ता मान्छे जितेर गए के हुन्छ ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने, ‘के फर पर्छ र ? हर्क साम्पाङ आए पनि केही फरक पर्दैन । बालेन आएपनि केही फरक पर्दैन । अरु आएपनि केही फरक पर्दैन । मैले न उनीहरूलाई लोकतन्त्रका फूलबारीको फूल भनिनैसकेको छु । म त्यहाँबाट दायाँबायाँ छैन । त्यसैले उनीहरूलाई त मैले आफ्नै मान्छे ठान्छु ।’

उनले आफूहरूले संविधान बनाउने प्रत्यक्ष निर्वाचिन कार्यकारी चाहिन्छ भनेर नोट अफ डिसेन्ट राखेको स्मरण गरे ।

Comments

3 responses to “बालेन र हर्क साम्पाङलाई आफ्नै मान्छे ठान्छु : प्रचण्ड (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    समाजका नकारात्मक शक्ति र व्यक्ति एकै ठाउँमा रवी हर्के बालेन र माओवादीमा नै के फरक ? समयले प्रट्याउला नि कसो?

  2. ksp pyl Avatar
    ksp pyl

    काँग्रेस एमाले लगायत सबैले छट्टु भनेर छोडे । अब बालेन र हर्कका मान्छेलाई फकाएर कतै जित्न पाईन्छ कि भनेर यतातिर लागेछन् पूर्वजंगलीहरू । लाग लाग । हर्क त करिव करिव खुईलिईसक्यो । अब बालेन पनि ८४ सम्ममा पूरै खुईलिने हो । त्यसपछि खुईलेहरूको एउटा मोर्चा नै बनाए पनि भयो नि । अहिलेदेखि किन तेल लगाईरहेको बालेन र हर्कको ?

  3. Nepali kanxo Avatar
    Nepali kanxo

    Balen Harka lai sodi herau? Tespaxi kuro hunxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *