ट्रम्पको घोषणा- ५० लाख डलरको गोल्ड कार्ड किन्नेले अमेरिकी नागरिकता पाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिकाको नागरिकता दिने नयाँ योजना अघि सारेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले विश्वका धनी मानिसहरूलाई ५० लाख डलरको गोल्ड कार्ड बेच्ने घोषणा गरेका हुन् । यसलाई अमेरिकामा ५० लाख डलरमा अमेरिकी नागरिकता साटफेर गर्ने प्रस्ताव भनिएको छ ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भने- हामी गोल्ड कार्ड बेच्दैछौं, तपाईँसँग ग्रीन कार्ड छ, यो चाहिँ गोल्ड कार्ड हो । हामीले यो कार्डको मूल्य करिब ५ मिलियन डलर राखेका छौँ र यसले यसले ग्रीन कार्डको सुविधामात्र नभएर अमेरिकी नागरिकता प्राप्तिको रुट पनि हो । यो गोल्ड कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउनेछन् ।

गोल्ड कार्ड करिब २ सातापछि विक्री शुरु हुने ट्रम्पले बताएका छन् । ५० डलर भनेको आजको मूल्यमा नेपाली रुपैया करीव ७० करोडजति हुन्छ ।

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । उनले केही रुसी धनाढ्यहरू अत्यन्तै राम्रा मान्छेका रूपमा आफूले चिनेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पसँगै उभिएका वाणिज्य मन्त्री होवार्ड लुटनिकले यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने बताएका छन् ।

इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि दिने गरिन्छ ।

Comments

3 responses to “ट्रम्पको घोषणा- ५० लाख डलरको गोल्ड कार्ड किन्नेले अमेरिकी नागरिकता पाउने”

  1. bharat kumar thapa Avatar

    अमेरिकी साम्राज्यवादी शक्ति मुर्दावाद क अमेरिकी नितिको घोर निन्दा गर्दछु

  2. bharat kumar thapa Avatar

    अमेरिकी साम्राज्यवादी शक्ति मुर्दावाद अमेरिकी नितिको घोर निन्दा गर्दछु

  3. ksp pyl Avatar
    ksp pyl

    देशको नागरिकता जस्तो पवित्र चिजलाई पनि मूल्य तोक्ने विवेकहिन मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *