काठमाडौं । फागुन १४ गते बुधवार पर्न गएको महाशिवरात्री २०८१ को अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न हुन लागेको महाशिवरात्री विशेष भक्तिमय उत्सवको भव्यताका साथ तयारी सुरु भएको छ ।
महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।
महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।
चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

Leave a Reply