पाथीभरा केबलकारमा सरकार सञ्चालकहरूको पनि सेयर रहेको प्रचण्डको आरोप (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन् ।

मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले मुक्मुलुङमा चलिरहेको विवाद दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।

उनले भने, ‘यो मुद्दा सांस्कृतिक, भावनात्मक र ऐतिहासिक मुद्दा हो । यसलाई बल प्रयोग गरेर हल गर्ने दुस्साहस सरकारले नगरोस् । यदि बल प्रयोग गरेर पहिचानको मुद्दालाई हल गर्न खोजियो भने दुर्भाग्य हुन्छ । खबरदार बल प्रयोग नगर्नू । यसलाई संवाद र समझदारीको माध्यमबाट, हामीले सबैलाई मान्न हुने बाटो खोज्नुपर्छ । तर, झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ ।’

उनले केबलकारमा सरकार सञ्चालकहरूको पनि ठूलो सेयर रहेकै कारणले जनता मारेर भएपनि बनाइछाड्ने भन्ने मुर्खतातिर सरकार लागेको आरोप लगाए । सरकारले दमन नरोके आन्दोलनकारीको पक्षमा उभिएर देशव्यापी आन्दोलनमा जाने प्रचण्डको चेतावनी थियो ।

Comments

3 responses to “पाथीभरा केबलकारमा सरकार सञ्चालकहरूको पनि सेयर रहेको प्रचण्डको आरोप (भिडिओ)”

  1. ram bhattarai Avatar
    ram bhattarai

    प्रसङ्ग बिना र सरोकार बिनाको बिषय निकालेर जहाँ जुन समुदाय छ तिनैलाई उचालेर राजनिती गर्नु यिनको उहिले देखिको खेती नै हो नि !

  2. deepak dallakoti Avatar
    deepak dallakoti

    यस्तो बिकास विराेधि अभिब्यक्ति , खेजजनक

  3. श्यामकाजी खत्री Avatar
    श्यामकाजी खत्री

    प्रचण्ड जहाँ गयो त्यहि मान्छे उचाल्छन। बोलिको ठेगान नभएको नेता। मैले नेपाल प्रेसमा एक हप्ता अघि यश सम्वन्धी लेखेको लेख प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *