काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले जनवादी प्रगतिशील विवाह गरेर जोगाएको खर्च आफैंले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेका छन् ।
उपाध्यक्ष गिरी र अनेरास्ववियुकै केन्द्रीय सदस्य इन्जिनियर रचना सापकोटाबीच गत साता एमाले केन्द्रीय कार्यालय च्यासलमा जनवादी विवाह विवाह भएको थियो ।
कम्युनिस्ट पार्टीहरूमा समेत दुर्लभ बन्दै गएको जनवादी बिहे गरेर गिरी र सापकोटाले उदाहरणीय काम गरेको भन्दै पार्टीका नेताहरूले समेत बधाई दिएका थिए । गत फागुन ८ गते भएको सो विवाह समारोहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित भएर बर बधूलाई शुभकामना दिएका थिए ।
गिरीले बिहेमा अनावश्यक खर्च गरेर पछि आफैलाई ऋणको भारी बोक्नु भन्दा सामान्य खर्चमा बिहे गरेको र बिहेमा बचेको पैसा सामाजिक कामको लागि विद्यालयमा अक्षयकोषको स्थापना गरेको बताए ।
बिहे खर्च जोगाएर उनले प्युठानको नारिकोटस्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सो विद्यालयबाट गिरीले विद्यालय स्तरीय शिक्षा हासिल गरेका थिए ।
उक्त अक्षयकोषबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति दिने उनले बताए ।


Leave a Reply