बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले ओझालाई नियुक्त गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले नेपाल प्रेसलाई बताए । उनी क्लिमाण्डु डटकमका वरिष्ठ संवाददाता हुन् ।

यसअघि सोमबार नै प्राधिकरणको अध्यक्ष छनोटमा लागि गठित सिफारिस समितिले ओझासहित तीन जनाको नाम सिफारिस गरेर पठाएको थियो । त्यसरी सिफारिस हुनेहरुमा नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी र दामोदर बसौला थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *