काठमाठौं । प्रतिनिधि सभामा पेश भएको ‘सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ माथि सांसदले आगामी ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सक्ने भएका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको सोमबारको बैठकमा विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न चाहने सांसदले आगामी ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सक्ने जानकारी गराएका हुन् ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ११२ बमोजिम संशोधन दर्ता गर्न चाहाने सांसदले आगामी ४८ घण्टाभित्र संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा दर्ता गर्न सक्ने सभामुख घिमिरेले जानकारी गराए ।
उक्त जानकारी गराउनु बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बैठकबाट सर्वसम्मत पारित भएको छ ।

Leave a Reply