जनकपुरधामको रामसागर क्याम्पसमै कर्मचारीहरुबीच कुटाकुट, दोषीमाथि कारबाहीको माग

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा एमबीएस परीक्षाको जिम्मेवारी हेरफेर गर्ने विषयमा विवाद भएपछि कर्मचारीहरुबीच कुटाकुट भएको छ ।

क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी कर्मचारीद्वय महेश यादव र सुरेन्द्र यादवबीच कुटाकुट भएको हो । उनीहरु एकअर्कालाई मुक्का हानेपछि अन्य कर्मचारीहरु पनि मिसिएका थिए ।

कुटाकुटको क्रममा कर्मचारी सुरेन्द्रको टाउकोमा चोट लागेको छ । अन्यको अवस्था सामान्य रहेको छ । प्रहरी गरेपछि विवाद साम्य गरेको र एकजनालाई बढी चोट लागेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

क्याम्पस प्रमुख कर्णले एमबीएस शाखाका प्रमुख अभिराम रायलाई हटाएर अन्यलाई जिम्मेवारी दिने विषयमा विवाद भएपछि कर्मचारीहरु आपसमा कुटाकुट गरेको बुझिएको छ । सो विषयमा बुझ्न क्याम्पस प्रमुख कर्णसँग सम्पर्क गर्दा हुन सकेन ।

टाउकोमा चोट लागेर घाईते भएका सुरेन्द्र नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रीय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष हुन् ।

संगठनका उपाध्यक्ष यादव सहित का कर्मचारी र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि सांघातिक आक्रमण भएको भन्दै माओवादी मधेस प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवले सो घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारवाहीको माग गरेका छन् ।

धनुषाका प्रहरी प्रमुख एसपी तिवारीले क्याम्पसमा के विषयमा विवाद भएको भन्ने थाहा नभएको र दुवै पक्षलाई राखेर विवाद समाधानको प्रयासमा लागेको जानकारी दिए ।

Comments

One response to “जनकपुरधामको रामसागर क्याम्पसमै कर्मचारीहरुबीच कुटाकुट, दोषीमाथि कारबाहीको माग”

  1. ksp pyl Avatar
    ksp pyl

    यिनलाई संघीयता चाहिएकै ठग्न हो । गरिवमारा ठग हुन् तराईका नेता र यी कर्मचारीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *