काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुने रोजगारदाताको संख्या २० हजार नाघेको छ । सामाजिक सुरक्षा कोषले रोजगारदाता सूचीकरण गर्न थालेको साढे ५ वर्षको अवधिमा अहिलेसम्म २० हजार १७३ रोजगारदाता कोषमा आवद्ध भएका हुन् । कोषका अनुसार ति सबै रोजगारदाताबाट अहिलेसम्म ५ लाख ६४ हजार ६१७ श्रमिकसमेत आवद्ध भइसकेका छन् ।
रोजगारदाता आवद्ध हुनेमा सबैभन्दा बढी ६८ प्रतिशत अर्थात १३ हजार ७५२ बामगती प्रदेशका मात्रै रहेका छन् । कोषमा योगदान गर्ने जम्मा श्रमिकको ७६ प्रतिशत अर्थात ४ लाख ३० हजार १०७ श्रमिक पनि बागमती प्रदेशबाटै आवद्ध छन् । दोस्रोमा १० प्रतिशत अर्थात २ हजार १५६ कोशी प्रदेशका रोजगारदाता आवद्ध भएका छन् । ति रोजगारदाताबाट ५८ हजार ८३४ श्रमिक आवद्ध छन् ।
यस्तै क्रमस लुम्बिनी प्रदेशका १ हजार ६६४ रोजगारदाता आवद्ध भएकोमा ति रोजगारदाताबाट २० हजार ११२ श्रमिक आवद्ध छन् । यस्तै मधेश प्रदेशका १ हजार ५६ रोजगारदाता आवद्ध भएकोमा ति रोजगारदाताबाट २७ हजार ८८२ श्रमिक आवद्ध छन् ।
गण्डकी प्रदेशका ९७९ रोजगारदाता आवद्ध भएकोमा ति रोजगारदाताबाट २२ हजार ८१६ श्रमिक आवद्ध छन् । सुदूरपश्चिम प्रदेशका २६९ रोजगदाता आवद्ध भएकोमा ति रोजगारदाताबाट २ हजार ८३५ श्रमिक आवद्ध छन् । सबैभन्दा कम कर्णाली प्रदेशका २६९ मात्रै रोजगारदाता आवद्ध रहेकोमा ति रोजगारदाताबाट २ हजार ३९ श्रमिक आवद्ध छन् ।
२० लाखभन्दा बढी श्रमिक आवद्ध, वैदेशिक रोजगारीमा गएका साढे १४ बढी
कोषका अनुसार वैदेशिक रोजगारीमा गएका १४ लाख ६७ हजार १८७ श्रमिक कोषमा आवद्ध भएका छन् भने अनौपचारिक क्षेबाट ४४० र स्वरोजगारको क्षेत्रबाट २९४ श्रमिक आवद्ध भएका छन् । यसरी सबै क्षेत्रबाट गरेर अहिलेसम्म २० लाख ३२ हजार ५३६ श्रमिक कोषमा आवद्ध भइसकेका छन् ।
करिब साढे ७४ अर्ब रकम जम्मा, १३ अर्ब दाबी भुक्तानी
कोषमा अहिलेसम्म ७४ अर्ब ४६ करोड रकम जम्मा भइसकेको छ । जसमा सबैभन्दा बढी ५८ अर्ब ४१ करोड ९२ लाख २२ हजार ९७८ रुपैयाँ वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको छ भने दोस्रोमा २ अर्ब ८८ करोड २० लाख ३७ हजार ५८९ दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा जम्मा भएको छ ।
यस्तै तेस्रोमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब ५ करोड ८५ लाख ९८ हजार ५६२ रकम जम्मा भएको छ । यस्तै आश्रित परिवार सुरक्षा योजनामा ५५ करोड ५८ लाख १७ हजार ८२० रकम जम्मा भएको छ भने अतिरिक्त योगदानवाफत १ अर्ब २७ करोड ९४ लाख ९१ हजार १९९ जम्मा भएको छ ।
वैदेशिक रोजगारीतर्फ वृद्ध अवस्था सुरक्षा योजनातर्फ २ अर्ब १८ करोड २४ लाख ३७ हजार ९ रुपैयाँ र दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनातर्फ १ अर्ब १६ करोड ५७ लाख ६१ हजार ३४६ जम्मा भएको छ ।
यस्तै अनौपचारिक क्षेत्रतर्फ औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २९ लाख १७ हजार ५७७ र वृद्ध अवस्था सुरक्षा योजनामा २९ लाख १५ हजार ६१० रुपैयाँ जम्मा भएको छ ।
स्वरोजगारको क्षेत्रतर्फ औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ १ लाख ४६ हजार ५६, दुर्घटना तथा अशक्तता सुरक्षा योजना २ लाख ९ हजार १८, आश्रित परिवार सुरक्षा योजनामा ४० हजार ३०७ र वृद्ध अवस्था सुरक्षा योजनातर्फ ४५ हजार ४१९ रुपैयाँ जम्मा भएको छ ।
अहिलेसम्म १ लाख ९९ हजार ४९१ योगदानकर्ताबाट ५ लाख ९० हजार ४० पटक गरेर १३ अर्ब १४ करोड रकम दाबी भुक्तानीसमेत भइसकेको छ । जसमा सबैभन्दा बढी १ लाख ३०४ जना योगदानकर्ताले १० लाख ७ हजार १७८ पटक गरेर वृद्ध अवस्था सुरक्षा योजनातर्फ ११ अर्ब २ करोड ३४ लाख ७९ हजार ९८७ रुपैयाँ भुक्तानी भएको छ ।
दोस्रोमा आश्रित परिवार सुरक्षा योजनातर्फ ६५० जना योगदानकर्ताले २२ हजार ९७९ पटक गरेर २० करोड ८४ लाख ९७ हजार ४७० रुपैयाँ दाबी भुक्तिानी भइसकेको छ भने औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ९३ हजार ६३१ जना योगदानकर्ताले ४ लाख ५१ हजार २२९ पटक गरेर १ अर्ब ७४ करोड २ लाख ५२ हजार १६० रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनातर्फ ४ हजार ९०६ जनाले ८६५४ पटक गरेर १७ करोड ४० लाख ३९ हजार १३ रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।

Leave a Reply