काठमाडौं । ५० हजार रुपैयाँ राशीको २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार अधिवक्ता एवं मानव अधिकारकर्मी मोहना अन्सारीलाई प्रदान गरिने भएको छ ।
२०६२ सालमा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।
अन्सारी पुरस्कृत हुनुअघि इतिहासविद् ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य , इतिहासकार दिनेशराज पन्त , साहित्यकार डा। मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा।डा। सुरेशराज शर्मा लगायतले यस पुरस्कार पाएका थिए ।
आगामी १७ पागुनमा प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । गोरखामा जन्मिएका दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए । उनी र उनकी पत्नीको नाममा पुरस्कार स्थापना गरिएको हो ।

Leave a Reply