बुटवलमा सर्वाधिक राशी पुरस्कारको राष्ट्रिय स्नुकर प्रतियोगिता सुरु

रुपन्देही । बुटवलमा देशभरमै सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय स्नुकर प्रतियोगिता शुरु भएको छ । नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा भएको यो प्रतियोगितामा देशका प्रमुख शहरबाट १२८ जना खेलाडीले सहभागिता जनाएका छन् ।

फागुन २१ गतेसम्म चल्ने स्नुकर च्याम्पियनसीपको उद्घाटन बुटवलका मेयर खेलराज पाण्डेले गरेका थिए ।

बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, इटहरी, बिर्तामोड, बनेपा, परासी, तौलिहवा लगायतमा देशका प्रमुख शहर र जिल्लाबाट खेलाडी सहभागी भएको नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।

प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए ।

स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ । यो खेलमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली स्नुकर खेलाडी रेगन श्रेष्ठले जसले कोलम्बियामा आयोजित स्पर्धामा तेस्रो पदक हात पारेका थिए उनी पनि सहभागी भएका छन्। उनले पहिलोपटक साफ गेममा मेडल जितेका हुन् भने एशिया र युरोपमा उनी १६औं स्थानमा परेका छन्।

नेपाल बिलियर्डस स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मल्लीकले यस प्रतियोगितालाई दशैंको उत्सवजस्तै बताउँदै स्नुकर खेलको विकासमा यसले ठूलो भूमिका खेलेको बताए। उनले यस प्रतियोगितालाई महाकुम्भको संज्ञा दिँदै नेपालभरबाट खेलाडीहरू सहभागी भएकोमा खुशी व्यक्त गरे।

यस प्रतियोगिताले स्नुकर खेललाई काठमाडौं केन्द्रित भएर बाँकी नरहन दिइएको छ भने सबै स्नुकर हाउसहरूमा पारदर्शिता र व्यवस्थित प्रक्रिया बढ्दै गएको छ। तथापि, महिला खेलाडीहरूको सहभागिता नहुनु एक चुनौतीको रूपमा रहेको छ।

नेपालमा स्नुकर खेलको बढ्दो लोकप्रियताले युवाहरूलाई आकर्षित गराउँदै आएको छ। खेलमा लगानी बढाउन सकिएमा यस्ता प्रतियोगिताहरूले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता हासिल गर्न मद्दत गर्ने अपेक्षा राखेको यसका खेलाडीहरुले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *