पहिचान पुरस्कार बिजेता अमित थेबेमाथि श्रीमती र छोरीहरुमाथि हिंसा गरेको आरोप

काठमाडौं ।  पहिचान पुरस्कार बिजेता लेखक अमित थेबे मिहाडमाथि श्रीमती र छोरीहरुमाथि हिंसा गरेको आरोप लागेको छ । थेवेकी श्रीमती शान्ति धिमालले फेसबुकमा एक स्टाटस लेख्दै मानसिक र शारीरिक यातना दिएको आरोप लगाएकी हुन् ।

सँगै उनले परस्त्रीगमनमा लिप्त भएर आफू र दुईजना छोरीलाई यातना दिएपछि ज्यानको सुरक्षाको लागि माइतमा बसिरहेको बताएकी छन् ।

धिमालले लेखेकी छन्, ‘लिम्बु भाषालाई अगाडि बढाउनुपर्छ भनेर समाज कल्याण र समाज सेवाको आदर्श लेख रचनाहरु गर्ने युवा सर्जक अमित थेवे मेरो श्रीमान् हुनुहुन्छ । उहाँ एक परस्त्रीसँग सम्बन्धमा रहेको कारण दिनरात मानसिक यातना दिएको कारण अहिले माइतीको शरणमा गएर बसेका छौं । अपनि म र छोरीहरुको अधिकारको लागि मैले सकेको र जाने हरेक ठाउँमा र सम्बन्धित निकायमा हारगुहार गर्दा पनि केही नलागेपछि यसरी सामाजिक संजालमा आउन बाध्य भएकी छु ।’

उनले थेवे र युवतीको नित्तान्त नीजि फोटो पनि सार्वजनिक गरेकी छन् । थेवे २०७९ सालको पहिचान पुरस्कार बिजेता लेखक हुन् ।

थेवे र अर्जुनबाबु माबुहाङद्वारा लिखित ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ले पहिचान पुरस्कार प्राप्त गरेको थियो । चार लाख राशी रहेको यो प्रतिष्ठित पुरस्कार थेवेसँगै कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

Comments

2 responses to “पहिचान पुरस्कार बिजेता अमित थेबेमाथि श्रीमती र छोरीहरुमाथि हिंसा गरेको आरोप”

  1. ksp pyl Avatar
    ksp pyl

    नक्कली पहिचानवादी । व्यहोरा हेर न ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    लिम्बू पहिचानको लागी पो पुरस्कार पाएको त , धिमाल जातीको पहिचानको उनलाइ के मतलब? श्रिमती धिमाल परिन्। अब लिम्बू जातिकै युवती खोजेका होलान् सोल्टाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *