काठमाडौं । ताप्लेजुङमा केबलकारको निर्माण कार्य अहिलेलाई स्थगित गर्न तथा वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई सरकारी वार्ता टोलीले आग्रह गरेको छ ।
सरकारी वार्ता टोलीका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षबाट उठाएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र सम्बादका लागि आउन आग्रह गरेका हुन् ।
ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र सम्बादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले वार्ता टोली गठन गरेको थियो ।
आन्दोलनरत वाता सहजीकरण समितिबीच गत माघ २२ गतेदेखि निरन्तर रुपमा वार्ता एवम सम्बाद भईरहेको सरकारी वार्ता टोलीले जनाएको छ ।
मन्त्रालयले ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र सम्बादको माध्यमबाट समस्याको शान्तिपूर्ण सधाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न माघ २० मा वार्ता टोली गठन गरेको थियो ।


Leave a Reply