काठमाडौं । अवैध रुपमा बसेको भन्दै अमेरिकाबाट फर्काएका भारतीय आप्रवासीको चौथो किस्ता भारतमा आइपुगेका छन् ।
फाइनान्सियल एक्सप्रेसका अनुसार पानामा हुँदै अमेरिका आएका १२ अवैध भारतीय आप्रवासीहरु भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार राती अवतरण भएका हुन् ।
यसरी आउने १२ जना भएको बताइएको छ । उनीहरु टर्कीको राजधानी इस्तानबुल हुँदै टर्कीस एयरलाइन्सबाट आएका हुन् । अमेरिकाले पानामामा २९९ अवैध भारतीय आप्रवासीहरु फर्काएर राखेको थियो ।
त्यहाँबाट भारत आउन रुची हुनेहरु १७१ भएको फाइनान्सिएल एक्सप्रेसले उल्लेख गरेको छ । अमेरिकाले अमेरिकामा भएका अवैध आप्रवासीहरु फिर्ता गर्नलाई पानामा र कोस्टारिकासँग सहकार्य गरेर धमाधम पठाइरहेको छ ।
गत जनवरी २० मा सपथ खाएसँगै दक्षिणी सीमामा संकटकाल लगाएर राष्ट्रपति डोनाल्ड ट्रम्पले धमाधम अवैध आप्रवासीहरु पठाउन थालेका छन् । यसरी पठाइएकाहरुमा एसियाबाट सबैभन्दा धेरै भारतका भएको विभिन्न मिडियाहरुले उल्लेख गरेका छन् ।
न्युयोर्कका अनुसार नेपालका पनि २२ जनालाई अमेरिकाबाट फर्काइसकिएको छ ।

Leave a Reply