काठमाडौं । चैत ५ गते निर्धारित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेकपा एमालेनिकट अनेरास्ववियुले सभापति उम्मेदवार चयन गर्न थालेको छ ।
आइतवार काठमाडौंको नेपालटारस्थित ग्रामिण आदर्श क्याम्पसमा अखिलले बैकुण्ठ खनाल (अशोक)लाई सभापति उम्मेदवार घोषणा गरेको हो । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालले क्याम्पसका बिद्यार्थीहरुमाझ उम्मेदवारको ब्यानर खोलेर खनालको टिम घोषणा गरेका हुन् ।
क्याम्पसभित्रको बेथिती,विसंगती र भ्रष्टाचारकाविरुद्ध आफूले उठाएको आवाजलाई स्ववियुमा पुगेर कारवाहीको तहमा लैजाने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
उनले शिक्षामा सुधार,भ्रष्टाचारको अन्त्य र विद्यार्थी एकताको नारा अघि सारेका छन् ।

Leave a Reply