अमेरिकाको लस एन्जलसमा ट्राभल एण्ड एड्भेन्चर शो, नेपालका कम्पनीको सहभागिता

लस एन्जलस । नेपाल पर्यटन बोर्ड र युनिकम एल एल को संयुक्त आयोजनामा अमेरिकाको लस एन्जल (कन्भेन्सन सेन्टर) मा लस एन्जलसमा ट्राभल एण्ड एड्भेन्चर शो भएको छ । शोमा नेपालका ४ वटा प्रतिष्ठित ट्राभल एण्ड एड्भेन्चर कम्पनीको सहभागिता छ ।

नेपालमा पर्यटनका लागि ट्राभल एण्ड एड्भेन्चरबाट प्राप्त गर्ने अवसर, रमणीय स्थान, संस्कृतिलाई प्रवर्द्धन गर्न शोले सहयोग गरेको टानका पूर्वमहासचिव विनोद सापकोटाले जानकारी दिए ।

लस एन्जलस ट्राभल एण्ड एड्भेन्चर शोमा नेपालका प्रतिष्ठित ट्राभल कम्पनी नेपाल ट्रेक एड्भेन्चरका प्रवन्ध निर्देशक विनोद सापकोटा, फ्रेण्ड्स एड्भेन्चर टीमका राजेन्द्र बहादुर लामा, नेपाल स्यान्क्चुरी ट्रेकबाट तुलसी ज्ञवाली, ओझा होलिडेज टुर्स एण्ड ट्रेकको तर्फबाट रमेशराज ओझा सहभागी छन् ।

शोमा आएका भिजिटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र रोमाञ्चक साहसिक गतिविधिहरूको बारेमा जानकारी दिईएको सापकोटाले बताए ।
नेपालबाट ४ वटा ट्राभल एण्ड एड्भेन्चर कम्पनी सहभागिता छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अमेरिकी पर्यटकलाई नेपाल भित्र्याउनका लागि शो आयोजना गरिएको बताए ।

सन् २०२४ मा अमेरिका नेपालका कुल पर्यटक आगमनमध्ये करिब १० प्रतिशतको हिस्सा छ । भारतपछि अमेरिकाबाट नेपाल आउने पर्यटक अमेरिकी नागरिक भएको हुनाले ट्राभल एण्ड एड्भेन्चर शोले थप सहयोग पुग्ने बताए ।

ट्राभल एण्ड एड्भेन्चर शोको समन्वय नेपाल पर्यटन बोर्डका वरिष्ठ युरोप अमेरिका मार्केटिङ शाखाका वरिष्ठ अधिकृत कुन्दन मिश्रले गरेका छन् । शोमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, वरिष्ठ प्रबन्धक निर्देशक नवीन पोखरेल लगायतको सहभागिता छ । शोमा नेपाल बाहेक १५ देशका ट्राभल एण्ड एड्भेन्चर एजेन्सी सहभागी छन् । जसमा जापान, ताईवान, इण्डोनेसिया, साउथ अमेरिकाका ट्राभल एण्ड एड्भेन्चर एजेन्सी छन् ।

उक्त कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियका लागि नेपालको अवैतनिक वाणिज्यदूत ऋषि प्रसाद ढकालको समेत उपस्थित थियो।

ट्राभल एण्ड एड्भेन्चर शो आउने मध्ये एक जनालाई विशेष उपहार योजना अन्तरगत भाग्यशाली एक जोडीले ‘एभरेस्ट बेस क्याम्प ट्रिप’ जित्ने अवसर छ । शो फेब्रुअरी २२ र २३ तारिखसम्म चल्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *