राष्ट्रिय युवा संघ नेपालद्वारा खुला निबन्ध प्रतियोगिता आयोजना, प्रथम पुरस्कार ५०,०००

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागले ‘जीवनका लागि खेलकुद’ शीर्षकमा खुला निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिताका विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको प्रथम पुरस्कार रु ५०,०००, द्वितीय पुरस्कार रु ३०,०००, र तृतीय पुरस्कार रु २०,००० तोकिएको छ। इच्छुक लेखकहरूले २०८१ साल फागुन ११ देखि १४ गतेसम्म निबन्ध पठाउन सक्नेछन्। प्रतियोगिताको नतिजा २०८१ फागुन १६ गते घोषणा गरिनेछ।

नियम तथा सर्तहरू:

निबन्ध अधिकतम १२०० शब्दसम्मको हुनुपर्नेछ।

नेपाली वा अंग्रेजी भाषामा लेखिएको हुनुपर्नेछ।

मौलिक निबन्ध हुनुपर्दछ, कुनै पनि प्रकारको नक्कल स्वीकार गरिने छैन।

प्रत्येक सहभागीले केवल एउटा निबन्ध मात्र पठाउन पाउनेछन्।

निबन्धको सुरूमा लेखकको नाम र फोन नम्बर उल्लेख गर्नुपर्नेछ।

आवेदनसँगै नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

निबन्ध PDF स्वरूपमा nyfneducationdepart@gmali.com मा पठाउनु पर्नेछ।

प्रतियोगिता राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘केपी ओली कप फुटबल च्याम्पियनसिप २०२५’ अन्तर्गतको विशेष कार्यक्रम हो। प्रतियोगिताले खेलकुदको महत्वबारे युवा पुस्ताबीच जागरूकता फैलाउने उद्देश्य राखेको छ।

संगठनका सचिव एवम् शिक्षा विभाग प्रमुख कुवेर अधिकारीका अनुसार, ‘यस प्रतियोगिताले खेलकुदको सकारात्मक प्रभावमाथि युवाहरूलाई सोच्न प्रेरित गर्नेछ। हाम्रो उद्देश्य खेलकुद र शिक्षाको सम्बन्धलाई बलियो बनाउनु हो।’

थप जानकारीका लागि ९८६०५५८८६० मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *