प्रेस चौतारी बागमती प्रदेशको अध्यक्षमा रिमाल

चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा तिलकराम रिमाल चयन भएका छन् ।

चौतारीको बागमती प्रदेश समितिको आज सम्पन्न दोस्रो अधिवेशनले रिमाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा प्रज्वल पौडेल, उपाध्यक्ष (महिला) तारा बस्नेत र महासचिवमा प्रकाश दाहाललाई चयन गरिएको छ ।

अधिवेशनले सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला र समावेशी सचिवमा नवराज श्रेष्ठ र जगमान तामाङलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

उपत्यका बाहेक बागमती प्रदेशका दस जिल्लाका प्रतिनिधि रहेका अधिवेशनले आगामी तीन वर्षको कार्यकालको लागि १७ जना सदस्य चयन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *