पत्रकार उपचार सहयोग कोषका लागि बिर्तामोड नगर प्रमुखद्वारा रकम हस्तान्तरण

बिर्तामोड-प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईँले ५१ हजार रुपैयाँ प्रदान गरेकी छन् ।
नगर प्रमुख प्रसाईँले श्रीमान् ज्ञानुराम प्रसाईँको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गरेकी हुन् । आइतबार बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईँले सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

पत्रकार उपचार सहयोग कोषको संयोजक भीमा सिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा माघ २२ गते दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईँले सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानु प्रसाईँको स्मृतिमा सहयोग रकम घोषणा गर्नु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *