सशस्त्र प्रहरीकी इन्स्पेक्टर मृत अवस्थामा फेला

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक महिला इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्।

इन्सपेक्टर तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका- ७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

तीन महिना अघि  इन्स्पेक्टरमा निकालेकी उनी तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९ बजे  ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ । उनी अविवाहित हुन् ।

उनी २०७२सालमा सशस्त्र प्रहरीकाे जवानमा भर्ना भएकी थिइन्। उनले २०७८सालमा असईमा नाम निकालेकी थिइन्।असईमा नाम निकालेकाे ३ वर्षपछि इन्सपेक्टरमा नाम निकालेकी थिइन्।

बाबुआमा अस्ट्रेलियामा रहेको कारणले उनीहरु आएपछिमात्रै दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *