आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउँछ, निर्णायक राष्ट्रिय शक्ति बन्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल 

चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले आगामी २०८४ को तीनै तहको निर्वाचनमा बहुमत ल्याउने गरि अभियान चलाएको बताएका छन् ।
प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले देशमा स्थिरता ल्याइ देशको निर्णायक शक्तिको रुपमा एमालेलाई स्थापित गराउन एमालेले बहुमत ल्याउनुपर्ने बताएका हुन् ।
No description available.
देशलाई सुदृढ बनाएर अघि बढाउन नेकपा एमालेलाई   निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प  नभएको भन्दै उनले थपे ‘एमालेलाई कमजोर बनाउनु भनेको राष्ट्रवाद, राष्ट्रिय हित, लोकतन्त्रको पक्षमा उभिएको अभियानलाई कमजोर बनाउनु हो । त्यसैले एमालेलाई  निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गरेर देशको दुर्दशा अन्त्य गर्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले सोही कार्यक्रममा एमालेमा कुनै गुट नभएको पनि स्पष्ट पारेका छन् । उनले  एमालेभित्र नीति र नेतृत्वमा विवाद नभएको स्पष्ट पार्दै भने, एमालेमा केपी ओलीले गरेको नेतृत्वमा पार्टी  कमिटी छ र दसौँ महाधिवेशनले पारित गरेको नीतिमा पार्टी चलेको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले सामाजिक सञ्जाल विधेयक मार्फत  सरकारले अभिव्यक्ति  स्वतन्त्रतामा अङ्कुश र नियन्त्रण गर्न नखोजेको भन्दै नियमन गर्न खोजेको पनि बताएका छन् ।
पोखरेलले नेकपा एमाले र नेपाली काँग्रेस दुई दल देशको सङ्कटको समयमा एक ठाउँ हुने बताउँदै एमाले काँग्रेस सहकार्य र प्रतिस्पर्धी पार्टी समेत भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *