नेप्सेको सीईओ छनौट गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको हो ।

मन्त्रालयका सहसचिव सेवन्त पोखरेलको संयोजकत्वमा गठित छनौट समितिमा सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *