काठमाडौं । गोरखा मेजर स्व.बालकृष्ण राईको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ को विमोचन भएको छ । जेठा राई फाउन्डेसनको आयोजनामा नयाँ बानेश्वरस्थित इन्द्रेणी स्वीट्समा विमोचन भएको हो ।
किताबमा मेजर राईको जीवन मात्रै नभई गोर्खा इतिहासदेखि वर्तमानसम्मको अवस्थालाई समेत चित्रण गरिएको राष्ट्रियसभा सदस्य जयन्ती राईले बताइन् । उनले भनिन्, ‘पुस्तकले मेजर राईको जीवनकथा मात्रै भनेको छैन, यसले गोर्खा सैनिकमा भर्ना भएका नेपालीको इतिहासदेखि वर्तमानसम्मलाई खोतलखातल पारेको छ । यो किताब शिक्षामूलक छ ।’
त्यस्तै पूर्वमन्त्री हेमराज राईले मेजर राईको जीवनकथालाई आउने पुस्तालाई ऊर्जा दिने बताए । नेपाली सेनाका उपरथि नरेश चन्द्र भट्टले भने, ‘उहाँ एकदमै ऊर्जाशील र प्रेरणादायी हुनुहुन्थ्यो । यो पुस्तकले उहाँको त्यो स्वभावलाई थप प्रमाणित गरेको छ ।’
किरात राई यायोख्खाका पूर्वअध्यक्ष कूलबहादुर राई प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा जयकुमार राई, हरिवंश किराँत, किताबका सम्पादन प्रगति राई, चाम बहादुर राई, पृथ्वी राज मुकारुङ, वरिष्ठ गीतकार शुभ मुकारुङ, वरिष्ठ लोक गायक तथा संकलक दिलेन्द्र मुकारुङ,वरिष्ठ सस्कृतविद तिर्थराज मुकारुङ लगायतको बाक्लो उपस्थित रहेको थियो ।

Leave a Reply