विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भइरहेको विवादको समाधान गर्न मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेको छ ।
आइतबार विज्ञप्ती जारी गर्दै तत्काल वार्ता टोली बनाउन माग गरेका हो । पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको प्रदर्शनका क्रममा पटक–पटक भएको झडप हुँदै आएको छ ।
सो क्रममा दर्जनौं घाइते भएका छन् । सरकारले वार्ता र संवादबाट राजीनितक रुपमा त्यसको समाधान खोज्न सरकार समक्ष माग गरेको छ ।
माओवादीले सरकारले आन्दोलन दबाउन बल प्रयोग गरेको भन्दै बिरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ,आन्दोलनकारी पक्षले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने प्रस्ताव राखेकोमा सरकारले अहिलेसम्म त्यसतर्फ चासो दिएको छैन । बरु प्रशासनिक दमन चलाउने, सकारकै संरक्षणमा आन्दोलनविरुद्ध प्रतिकार आन्दोलन थाल्नु, आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरी प्रशासनबाटै हुनु र आन्दोलनकारीमाथि चरम दमन गर्ने काम गरिरहेको छ ।हाम्रो पार्टी त्यस कार्यको घोर निन्दा र भत्सर्ना गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न सरकार र आन्दोलनकारी दुबै पक्षलाई संयमताको साथ अगाडि बढ्न अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनको क्रममा उत्पन्न हुने तनाबलाई कम गर्न सहजिकरण र समन्वयको भूमिका खेल्नुपर्ने जिम्मेवारी त्यहाँको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुले पूरा नगरेको बरु उत्तेजना बढाउने काम गरिरहेको पनि माओवादीकाे आराेप छ ।


Leave a Reply