सदन : माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्ग प्रशस्त गर्न माग गरेका हुन् ।

सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए ।

यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे ।

उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन ध्यानाकर्षण गराए ।

Comments

4 responses to “सदन : माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा (भिडिओ)”

  1. नारायण Avatar
    नारायण

    लाज शरण म
    अनि कमरेड तीन महिना अघि सम्म त
    देश को डाडु पन्यु तपाईं हरु कै हातमा थियो हैन र??

  2. ksp pyl Avatar
    ksp pyl

    १९ महिना प्रचण्डले केवल मोदीको ढोके भएर काम गरेकाले नेपाल ग्रे लिष्टमा परेको हो । यस्ता अराजक जंगली कुरा तिमीहरूको जंगली राजमा होला । सभ्य समाजमा हुँदैन । लाज लाग्दैन तँलाई राजिनामा माग्न ? तेरो प्रचण्डलाई अध्यक्षबाट राजिनामा दे भन् । तँ जस्ता गोबरले गर्दा नै सर्वसाधारण अन्योलमा छन् ।

  3. Janak Chaudhary Avatar
    Janak Chaudhary

    सत्ता बाहिर रहँदाको छटपटी संसदमा पोख्नु पनि राज्यको दोहन नै हो । जहाँ देश सञ्चालन गर्न कानुन बनाउने, नीतिगत बिषयमा बहस गर्ने थलोमा जनताका प्रतिनिधिले बकम्फुसे बकवास गर्नु देशको अपमान पनि हो । यस्ता सांसदबाट हामी जनताले के अपेक्षा गर्ने संपादकज्यू ?

  4. ram badur Avatar
    ram badur

    दुईतिहाई जतिकै सरकार त टिक्न नसकेर राजिनामा दिनु पर्ने अवस्था आउँछ भने अब बन्ने झन कम्जाेर सरकारले चैं के गर्ने रैच कुन्नि ? नयां बन्ने सरकारकाे काम चैं संसद विघटन गर्नु बाहेक अरू नयां कुरा के नै हुन्छ र ? जति पटक संसद विघटन गरे पनि बन्ने सरकार हंगपार्लियामेण्ट नै हाे । अनि केका लागि नयां सरकार बनाउने र संसद विघटन गर्ने ? अहिलेकाे सरकारले काम गर्न सकेन भने पछि बन्ने सरकारले झन के काम पाे गर्ला र ? बारम्वार सरकार अदलीवदली त्यसकाे असर कर्मचारीमा र कर्मचारीकाे असर सम्पुर्ण बिकास निर्माणमा हुने भएकाेले सास्ति चैं जन्ताले नै पाउने हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *