माओवादी प्रवक्ताको जिकिर- ओली फेरि संसद विघटनको बाटोमा छन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटनको बाटोमा अग्रसर रहेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन् ।

उनले भने, ‘म आफैँ सभामुख भएको बेला अहिलेका प्रधानमन्त्री ओलीजीले संवैधानिक व्यवस्थाविपरीत संसद विघटन गरेका थिए । अहिले पनि फेरि झम्टीझम्टी संसद विघटनको बाटोमा अग्रसर भइरहेका छन् ।’

अध्यादेशको बलमा शासन चलाउन खोजेर संसद विघटन गर्न उद्धत भएको उनको आरोप थियो । प्रधानमन्त्री ओलीलाई संसद विघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको पनि उनले जिकिर गरे । संविधान संशोधनका नाममा कांग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको सापकोटाको तर्क थियो ।

सरकारले जनताको पक्षमा एउटै काम नगरेको उनको जिकिर छ । सरकार असफल सावित भएको टिप्पणी गर्दै सापकोटाले अहिले संसद कामविहीन देखिएको बताए ।

Comments

4 responses to “माओवादी प्रवक्ताको जिकिर- ओली फेरि संसद विघटनको बाटोमा छन् (भिडिओ)”

  1. एटम Avatar
    एटम

    हत्याराहरु दिनदहाडै भाषण गर्दै हिडदा समात्न नसक्नु सरकारको नालायकी हो। गृहमन्त्रीले तत्काल राजिनाममा गर्नु पर्दछ ।

  2. नारायण Avatar
    नारायण

    अ हो नेता ज्यु
    तपाईं हरु को माओवादी ले नेपाल लाई सिङापुर बनाउने बहाना मा धन्न सुडान बनाउनु भए न
    ओलि ले रोके

  3. ksp pyl Avatar
    ksp pyl

    संसद होईन माओवादी पार्टीलाई विघटन गरेर हत्याराहरूलाई जेलमा कोच्ने अभियानमा छन् ओलि । याद गर ।

  4. Nagendra Avatar
    Nagendra

    हाम्रो संसद र हाम्रा साम्सद !!
    ==================
    १. पानी पधेरा र छिमेकीको ‘ब्याड’ मा देखिने भन्दा तल्लो स्तरको कोराकोर संसदमा देखिन्छ : यस्तो नि संसद हुन्छ ??
    २. तिमीहरु साम्सद हुन् लायक नै छैनौ, टिमहरुको सोचाइ र बौद्धिकता दुवै स्तरहीन छ : जनताको करबाट तलब खाने हैसियत छैन : यो कुरुप स्वरुप बोकेर संसद धाउनु भन्दा बखरा चराउन जंगल पस !!
    ३. सोच्न, बोल्न र उन्नतिको भूमिकामा उत्रन असमर्थ तिमीहरु आफैं लाज लागेर छोडेर हिंड्न पर्ने हो, संसदको ढोका बाट छिर्दा लाज लाग्नु पर्ने हो : नकचरो भएर हो यो सब गर्ने : अझ जागिर खाने संसद बसी दिनु पर्ने ??
    ४. नालायकहरु : कि योग्यता बनाउ, सभ्य बन हैन भने राजिनाममा देउ : संसदको गरिमा नघटाउ : बुझेउ होला नि कुरा !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *