ताप्लेजुङमा १५ जना पक्राउ, आन्दोलनकारी भन्छन्- प्रहरीले दमन गर्‍यो

विराटनगर । ताप्लेजुङमा प्रहरीले १५ जना नो केबलकार पक्षधर लाई पक्राउ गरेको छ ।

शनिवार साँझ भएको झडप पछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।

प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले १५ जना प्रदर्शनकारी पक्राउ गरिएको बताए ।

उनले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए । उनले भने पक्राउ परेकाहरूको बारेमा अनुसन्धान भ इ रहेको छ ।

नो केबलकार पक्षले भने १५ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूले एकै घरबाट खाना खादै गरेका २६ जनालाई पक्राउ गरेर बेपत्ता बनाएको बताएका छन् ।

प्रदेश नम्बर १ पुन नामकरण अभियान समितिका संयोजक केन्द्र सिङ थेगिमले प्रहरीले साँझ दमन गरेको बताए । उनले भने, ‘एकै ठाउँ बाट २६ जनालाई उठाएर बेपत्ता बनाइएको छ । उनीहरूको अवस्था अहिले सम्म थाहा छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *