काठमाडौं । नाे केलकार समूह मसालसहित फुङलिङ बजार प्रवेश गरेपछि प्रहरीसँग झडप भएकाे छ ।
झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । काफ्लेपाटीबाट फर्किएको समूहले फुङलिङमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए ।
वीरेन्द्र चोकमा झडप भएको हो । प्रदर्शनमा राजेन्द्र महताेकाे नेतृत्वमा मधेश प्रदेशबाट आएसमेत भएकाे बुझिएकाे छ ।
प्रदर्शनकारीले केही घरमा आगाजानी र प्रहरीमाथि आगाेकाे मुस्लाे फ्याँकेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयाेग गरेकाे सीडीओ नेत्रप्रसाद पाैडेलले नेपाल प्रेसलाई बताए ।
अहिले सुरक्षा समितिकाे बैठक बसिरहेकाे उनले बताए । केही घरमा आगजानीकाे प्रयास भएकाे र क-कसकाे घरमा भन्ने बुझ्ने प्रयास जारी छ ।

Leave a Reply