सरकार दुईपटक ढल्छ : एमाले नेता ढकाल

धरान । सरकार ढल्ने अभिव्यक्ति दिइरहेकाेतर्फ इंगित गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यो सरकार दुई पटक ढल्ने बताएका छन् ।

धरानमा जारी विजनेश एक्स्पोको शनिबार समापन गर्दै उनले २०८३ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा एक पटक सरकार ढल्छ र अर्को पटक २०८४ मंसिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिँदा यो गठबन्धनको सरकार ढल्ने बताए ।

दुई प्रमुख दलहरु एमाले कांग्रेसलाई खेलेर सत्तामा रमाउने माओवादी दोहोरो चरित्रको अन्त्यका लागि एमाले काँग्रेस गठबन्धन बनेको एमाले जनसंगठन संयन्त्रको प्रमुखसमेत रहेका डकालले बताए ।

उनले एमालेलाई धोखा दिएर फुत्त काँग्रेससँग टासिने र काँग्रेससँग अघाएपछि फेरी एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार रहेको बताए ।

‘२०८४ को निर्वाचनमा एमाले काँग्रेस प्रतिद्वन्द्वी भन्ने दुवै पार्टीहरुलाई थाहा छ हामी सिंगल-सिंगल प्रतिष्पर्धा गर्छौ एमालेले जिते काँग्रेस प्रतिपक्षमा बस्छ, काँग्रेसले जिते एमाले प्रतिपक्षमा बस्छ’, उनले भने । तर यो गठबन्धनलाई सत्तोसरोप गर्ने र आजै ढलिहाल्यो, भोली ढल्छ भनेर भ्रम फैलाउनुको कुनै तुक नरहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ढकालले फेसबुकभरी पानीनै पानी, युट्युबभरी पानीनै पानी भएको धरानमा पानीको अभाव भन्दै केही व्यक्ति रित्तो गाग्री बोकेर सिंहदरबार छिरेको भन्दै धराने मेयरको प्रवृतिको आलोचना गरे ।

उनले मैले धरानमा पानी खुवाँए भनेर हल्ला गर्ने अनि धरानलाई पानी दिनु पर्यो भन्दै खाली गाग्री देखाएर तमासा गर्नुको अर्थ नहुने बताए ।

नेपाल उद्योग व्यवसायी महासंघ धरान नगरले माघ २६ गते प्रारम्भ गरेको विजिनेश एक्स्पोको समापन १५दिनपछि शनिबार धरान रंगशालामा गरिएको थियो ।

महासंघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एक्स्पोका संयोजक राजेश अग्रवालले गर्नुभएको थियो भने सञ्चालन सचिव चन्द्र सुवेदीले गरेका थिए ।

 

Comments

One response to “सरकार दुईपटक ढल्छ : एमाले नेता ढकाल”

  1. ksp pyl Avatar
    ksp pyl

    ढकाल सर अब भोलि माओवादी नामका दिल्लीले पालेका भाडाका टट्टुहरूले ठान्नेछन् कि अब सरकारमा गएर उपद्रो मच्चाउने र लुटन नपाईने भईयो । त्यसैले अब पशुपतिको बाँदरको व्यहोरा देखाउन थाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *