काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको काम अहिलेको गतिले नपुग्ने बताएका छन् । सल्यान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अहिलेको कामको गतिले नपुग्ने भन्नेकुरा सरकारमा बसेकाहरुले महसुश गर्नुपर्ने बताए ।
उनले अहिले आम नागरिकसँग सरकारसँग सुशासनको विषयमा आसा र गुनासो राखेको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘सुशासनको कुरा म भ्रष्टाचार गर्दिनँ भनेर मात्रै हुँदैन । भ्रष्टाचार गर्यो कि गरेन भन्ने कुरा आम नागरिकहरुले घटना, पात्र र प्रवृत्तिहरुबाट महसुश गर्नुपर्छ । त्यसैले सरकारमा बसेकाले प्रत्येक पटक सोच्नुपर्छ आम नागरिकले हर पल मलाई हेरिरहेका छन् ।’
उनले कसैबाट सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि अपचलन हुनु पनि अपराध भएको बताए ।

Leave a Reply