विराटनगर । पाथीभरा/मुकुम्लुङ सरक्षणका लागि भन्दै ताप्लेजुङ पुगेका राजेन्द्र महतोलाई स्थानीयले कालो झन्डा प्रदर्शन गरेका छन् ।
केबलकार निर्माणको विरोधमा भएको आन्दोलनमा समर्थन जनाउँदै ताप्लेजुङ पुगेका महतोलाई ताप्लेजुङको फुङलिङ बजारमा स्थानीयले कालो झन्डा देखाएका हुन् ।
केही दिन देखि ताप्लेजुङमा केबलकार निर्माण गर्नु पर्ने र गर्न नहुने पक्षहरूले प्रदर्शन गर्दै आएका छन् । केबलकार निर्माण हुँदा ताप्लेजुङको विकास हुने भन्दै सदरमुकाम फुङलिङमा प्रदर्शन गर्दै आएका छन् ।
मुक्कुम्लुङ संरक्षण समितिले भने निर्माण कार्य भइरहेको स्थानमा विरोध गर्दै आएका छन् । महतो फागुन ६ गतेदेखि संरक्षणका लागि भएको पद यात्रामा सहभागी हुन ताप्लेजुङ पुगेका थिए ।

Leave a Reply