राधिकालाई ओलीको जवाफ- जन्मदिनमा फूल दिउँ भने भोलिपल्ट थाहा पाउँछु (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यले लेखेको किताबबाट आफूप्रति रहेको डिमाण्ड थाहा पाएको बताएका छन् ।

शाक्यको आत्मकथा कृति करुणाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीमती शाक्यलाई रोचक तरिकाले जवाफ फर्काए ।

उनको भनाइ जस्ताको तस्तै

मप्रति उनको पनि केही डिमान्डहरु रहेछन्, अहिलेसम्म मैले थाहा पाएको थिएन, किताब पढ्दा थाहा पाएँ । केही इच्छाहरु रहेछन्, अब जन्मदिनमा फूल दिउँ भने भोलिपल्ट थाहा पाउँछु, सम्झिएर दिए हुन्थ्यो भन्ने उनलाई पर्दो रहेछ, भन्दिए हुन्थ्यो भन्ने मलाई पथ्र्यो ।

म सम्झिन नसक्ने उनले नसम्झाउने । अब ३७ वटा जन्मदिन विवाद उत्सव यसैगरी बिते, उनले मेरो जन्मदिन चाहिँ सधै भव्यताको साथ मनाउने ५० औं जन्मदिनबाट, म जहिलेबाट गम्भिर बिरामी हुन थाले त्यसबाट हरेक जन्मदिन, बुढाबुढीले भन्छन् नि अर्को वर्षे के होला होला ।

त्यसैले उनले पनि अर्को जन्मदिन के हो? के हो ? यो जन्मदिन चाहिँ धुमधामै मनाउँनुपर्छ भन्ने लागेको होला तैपनि मलाई भनेको छैन ।

मैले त सुरुमै कुरा छिनालेर गरेको छु, जिन्दगीमा एक कप चिया खुवाउँन सक्दिनँ, एक धरो कपडा दिन सक्दिनँ, एउटा रुमाल दिन सक्दिनँ, एकछाक खुवाउने कुरा त टाढोको कुरा हो । म जिन्दगीभर साथ दिन्छु भन्छन् नि, जिन्दगी कति लामो छ थाहा हुँदैन ।

तर, मेरो त झन् अनिश्चित जिन्दगी, जिन्दगीभर साथ दिन्छु के भन्नु, भोलि मर्ने, पर्सि मर्ने । भोलि जेल लगेर हाल्दिएला। त्यस्तो अवस्थामा साथ दिउँला भन्ने कुरा भएन । अनि एउटा श्रीमती पाल्न सक्ने हुँ भनेर कहाँबाट धाक लगाउँनु, नजागिर छ, न आम्दानी, न कहीँ शेयर छ । न खेतबारी छ । सबै सिध्याएर हिँड्या छ । त्यसैले मेरो धाक लगाउँने कुनै ठाउँ थिएन।

त्यो सबै कुरा मैले नलुकाइ भन्या छु। म पाल्न सक्दिनँ म पाल्नसक्ने हुत्ति भएको मान्छे होइन। त्यो मैले प्रष्टै भनेको छु। मैले सबै कुरा खुलस्त भन्ने गरेको छु ।

गृहमन्त्री भइयो कोठा छाडेर त्यहाँ बस्न गइयो । सांसद हुँदासम्म त केही अफ्ठ्यारो परेको थिएन । हट्न पर्यो डेरा खोज्यो भेटिँदैन । सालो ज्ञानेन्द्र शाक्यले डेरा भेटिएन अब दुईचारदिन हाम्रैमा बसौँ । त्यसपछि खोज्दै जाउँला भनेपछि ठाउँ नै नभएपछि गए ।

पछि साथीभाइले सोध्न थाले, मैले कतिलाई भन्नु मैले घरज्वाइँ बस्याछु त्यसपछि मान्छेले सोध्नै छाडे । ढुक्कले सही कुरा भन्दिएँ। ज्वाइँलाई मिठोमसीनो खुवाउँछन्, राम्रो गरेका छन् भन्दिएँ ।

यो पुस्तकमा पनि लेखिएको छ मलाई केपी ओलीले भित्र्याएको होइन, मैले डेरा खोजेर बिहे गरेर केपी ओलीलाई भित्र्याएको हो । भएको कुरा त्यही हो । अहिले घरको कुरा त त्यो राधिका शाक्यले बनाएको हो मेरो बुताले होइन । त्यो ट्रस्टलाई दान गरेको गरेको छ । त्यो मेरो होइन, त्यसैले मजतिको श्रीमतीसँग खुशी मान्छे कोही छैनन् होला सायद ।

Comments

One response to “राधिकालाई ओलीको जवाफ- जन्मदिनमा फूल दिउँ भने भोलिपल्ट थाहा पाउँछु (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    कस्तो रमाईलो कुरा बुढाबुढीको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *