पूर्व राजालाई प्रचण्डको जवाफ–इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको टिप्पणी गरेका छन्।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै सरकारप्रतिको आक्रोश व्यवस्थाप्रति नै देखिन थालेको बताए। पूर्वराजा शाहले आफ्नो त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहित जनतालाई साथ दिन आह्वान गरेका थिए।

त्यही अभिव्यक्तिलाई लक्षित गर्दै उनले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आआफ्नो हिसाबले प्रयोग गर्ने कोशिस पनि गरिरहेका छन्। इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्वहरुले पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवासपनामा छन्, त्यस खालका प्रचारबाजी भइरहेका छन्।’

Comments

One response to “पूर्व राजालाई प्रचण्डको जवाफ–इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् (भिडिओ)”

  1. Manaia Thompson Avatar
    Manaia Thompson

    Murderer of 17000 innocent nepalese

Leave a Reply

Your email address will not be published. Required fields are marked *