क्यानको आधिकारिक ट्रेड युनियन निर्वाचनमा माओवादीनिकट कर्मचारी संगठन विजयी

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा माओवादीनिकट कर्मचारी संगठन विजयी भएको छ ।

शुक्रबार सम्पन्न निर्वाचनमा माओवादीनिकट कर्मचारी संगठनले २०२ मत ल्याएर विजयी भएको हो ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघले  १९४ मत प्राप्त गर्दै दाेस्राे भएकाे छ । भने, नेकपा एमाले निकट  कर्मचारी संगठनले १५३ मत प्राप्त गरेकाे छ ।

२२ वटा मतदान केन्द्र भएको मतदानमा ५८६ मत खसेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *