काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट नेताहरुसँग बेग्लै छलफल गरिरहेका छन्। १५ औं महाधिवेशनमा नेतृत्व हत्याउने रणनीतिका साथ देश दौडाहामा निस्किएका शेखरले आफू निकट नेताहरुसँग आज छलफल गरेका हुन्।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा डा. मिनेन्द्र रिजाल, सहमहामन्त्री जीवन परियार, सञ्जय गौतमलगायत नेताहरु सहभागी छन्।
छलफलमा पार्टीको महाधिवेशन महाधिवेशन र समसामयिक राजीनितिक विषयमा कुराकानी भएको नेता गौतमले बताए। शेखर पक्षले पार्टीको महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने जोड दिइरहेको छ। तर, सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा गत शुक्रबार पुगेका ११ भाइ नेताहरुसँग महाधिवेशन ०८४ को चुनावपछि गर्ने संकेत देखाएका थिए।
तर, यो देउवाको यो आशयप्रति शेखर पक्ष सशंकित छ। नेता कोइरालाले आजै मात्रै ०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य नहुने चेतावनी दिएका छन्।
प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले म जिल्लाजिल्लामा हिँडिरहेको छु, अहिले बजारमा ०७४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुरा आइरहेको छ। त्यो चिन्ताजनक बिषय हो। त्यो कुरा म मान्नै सक्दिनँ। तपाईंहरुले जिल्लाजिल्लामा नत्र अफ्ठ्यारो हुन्छ भनेर सम्झाउनुपर्छ।’

Leave a Reply