काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन्।
प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै कांग्रेसले सधैं एमाले र माओवादीलाई मात्रै बोकेर हिँड्र नहुने बताए।
उनले भने, ‘हामी सबैभन्दा ठूलो पार्टी छौं। तर, कहिले माओवादीलाई दिइरहेका छौं, कहिले एमालेलाई दिइराखेका छौं त्यो कांग्रेसको कल्चर होइन। मिलेर जाँदा पनि कांग्रेस पहिलो हुनुपर्यो। हिजो माओवादीसँग मिल्दा दोस्रो भयौं, अहिले एमालेसँग मिल्दा पनि दोस्रो भयौं। यसरी अघि बढ्दा पार्टी कमजोर हुन्छ।’
उनले सरकार सञ्चालनका लागि बनाएको संयन्त्रको विरोध जनाए। उनले प्रतिस्पर्धी दलसँग सहकार्य भएकाले बाहिर हुनेहरुले खबरदारी गर्न छाड्न नहुने बताए।
एमाले ओली नेतृत्वको सरकारले गरेर गलत कामलाई गलत भन्न नसके भोलि चुनावमा अफ्ठ्यारो पर्ने सुनाए।

Leave a Reply