देउवालाई शेखरको चेतावनी- ०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य हुँदैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई ०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य नहुने चेतावनी दिएका छन्।

प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए।

उनले भने,’अहिले म जिल्लाजिल्लामा हिँडिरहेको छु, अहिले बजारमा ०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुरा आइरहेको छ। त्यो चिन्ताजनक विषय हो। त्यो कुरा म मान्नै सक्दिनँ। तपाईंहरुले जिल्लाजिल्लामा नत्र अफ्ठ्यारो हुन्छ भनेर सम्झाउनुपर्छ।’

उनले महाधिवेशन समयमै गराउने वातावरण बनाउनको लागि दबाब दिनको लागि आफू निकट नेता कार्यकर्तालाई निर्देशन दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *