दोस्रो त्रैमासिक मूल्यांकनमा इलाम, पश्चिम रुकुम र पाल्पा प्रशासन उत्कृष्ट (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो तीन महिनाको अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय इलाम, पश्चिम रुकुम र पाल्पा उत्कृष्ट भएका छन् ।

मन्त्रालयले भर्खरै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१–८२ दोस्रो त्रैमासिक नतिजामा इलाम, रुकुम पश्चिम र पाल्पाले जम्मा २० अंकमा १९.५ अंक प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएका हुन् । इलामको प्रमुख जिल्ला अधिकारी अहिले सहसचिव कल्पना श्रेष्ठ छन् । उनी गत जेठ २३ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् ।

यस्तै रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीमा उपसचिव कुलबहादुर जिसी छन् । उनी गत असोज १४ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् । यस्तै पाल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव तोयनारायण सुवेदी रहेका छन् । उनी गत कात्तिक १२ गतेदेखि प्रमुख जिल्ला अधिकारीका जिम्मेवारीमा छन् ।

यस अघि प्रथम त्रैमासिक नतिजामा पनि जिल्ला प्रशासन कार्यालय पाल्पा २९.५ अंकमा २९.०७५ अंक प्राप्त गर्दै सबैभन्दा उत्कृष्ट जिल्ला भएको थियो ।

उक्त कार्यसम्पादन मूल्यांकनका बेला प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयका सहसचिव एवम नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख आनन्द काफ्ले थिए । पाल्पासँगै जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पनि २९.०७५ अंक प्राप्त गर्दै उत्कृष्ट भएको थियो ।

मन्त्रालयले तय गरेका विभिन्न सूचकलाई पुरा गरेका आधारमा गरिएको मूल्याँकनका क्रममा इलाम, रुकुम पश्चिम र पाल्पापछि दोस्रो १९ं३७५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय कास्की, रामेछाप, स्याङजा र तेह्रथुम दोस्रो बन्न सफल भएका छन् ।

कास्कीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव भरतमणी पाण्डे छन् । उनी गत जेठ २१ देखि अहिलेसम्म उक्त जिम्मेवारीमा छन् । यस्तै स्याङजाको प्रमुख जिल्ला अधिकारी सहसचिव सुनिता नेपाल छन् ।

उनी २०८० पुष १६ देखि उक्त जिम्मेवारीमा छन् रामेछापको प्रमुख जिल्ला अधिकारी उपसचिव राजुप्रसाद पौडेल छन् । उनी गत असाजे ६ देखि उक्त जिम्मेवारीमा छन् । ेह्रथुमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पनि उपसचिव मिना अर्याल छन् । उनी गत चैत १२ गतेदेखि उक्त जिम्मेवारीमा छन् ।

यस्तै १९.२५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय पर्वत, बागलुङ र मनाङ तेस्रो नम्बरमा पर्न सफल भएका छन् । जसमा पवर्तको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा छन् भने बागलुङको प्रमुख जिल्ला अधिकारीमा नेत्रप्रसाद सुवेदी छन् ।

उनीहरु दुवैजना गत जेठ ६ गतेदेखि उक्त जिम्मेवारीमा छन् । यस्तै मनाङको प्रमुख जिल्ला अधिकारी उपसचिव मातृका आचार्य छन् । उनी गत जेठ ८ गतदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् ।

कार्यसम्पादनमा सबैभन्दा कम बाजुरा १३.०६२५ अंक प्राप्त गर्दै सबैभन्दा कमजोर देखिएको छ । बाजुराको प्रमुख जिल्ला अधिकारी उपसचिव मेघनाथ पाध्या छन् । उनी गत असोज १३ देखि उक्त जिम्मेवारीमा छन् । दोस्रो कमजोर १३.५६२५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङ देखिएको छ । उक्त जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा उपसचिव सागर शाह छन् । उनी भर्खरै मात्रै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएका थिए ।

सूचीः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *