हेटौंडा । यूईएफए च्याम्पियन्स लिग नकआउट चरणमा इङ्लिस क्लब लिभरपुलको भिडन्त फ्रेन्च क्लब पिएसजीसङ्ग हुने भएको छ ।
शुक्रबार भएको प्रतियोगिताको अन्तिम–१६ को ‘ड्र’ अनुसार लिग लिडर लिभरपुलले पिएसजीलाई प्रतिद्वन्द्वी पाएको हो ।
ड्रमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले स्पेनकै अर्को टोली एट्लेटिको मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
रियालले क्वार्टरफाइनल प्रवेशका निम्ति एट्लेटिकोलाई प्रतिद्वन्दीको रूपमा पाएको हो । यस्तै, ला लिगाकै अर्को टोली बार्सिलोनाले भने प्रिक्वार्टरफाइनलमा पोर्चुगिज टोली बेन्फिकाविरुद्ध खेल्ने भएको छ ।
आर्सनलले पीएसभी आइन्डोभन, इन्टर मिलानले फेयेनुर्ड र जर्मन क्लब बोरुसिया डर्टमन्डले लिलविरुद्ध खेल्दा बायर्न म्युनिखले जर्मनीकै अर्को टोली बायर लेभरकुजेनलाई प्रतिद्वन्दीको रुपमा पाएको छ ।

Leave a Reply