किट प्रकरण र प्रकृति लम्साल घटनामा के भन्यो भारतीय विदेश मन्त्रालयले ? (भिडिओ)

काठमाडौं । भारतीय विदेश मन्त्रालयले पहिलोपटक प्रकृति लम्साल मृत्यु प्रकरणबारे बोलेकाे छ । मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले लम्सालको मृत्यु र किट कलेजमा नेपाली विद्यार्थीहरुको बारेमा बालेको हुन् ।

प्रवक्ता रणधिर जैशवालले घटनाको बारेमा पत्रकारहरुसँग बोल्दै भनेका छन्, ‘हामी शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। तपाईंहरुलाई थाहा भएकै कुरा हो भारत सरकार, हाम्रो देशका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, भलाइ र कल्याणलाई उच्च प्राथमिकता दिन्छ। यस घटनाको जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा सरकार र किटका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ। हामी नेपालका अधिकारीहरूसँग पनि नजिकको सम्पर्कमा रहेका छौं ।’

यस अगाडि भारतको नेपालस्थित दूतावास, भारतको ओडिसा राज्य सरकार तथा भारतको सत्ताधारी दलको विद्यार्थी संगठनले मात्रै बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *