माओवादी भन्छ- सरकार अध्यादेशको पासोमा पर्‍यो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई तिहाइ दम्भ देखाएको एमाले अध्यक्ष केपी शर्मा ओली अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले सदन खुलेको २१ दिनसम्म पनि कुनै काम गर्न नसकेको बताए ।

उनले भने, ‘सरकार अहिले अध्यादेशको पासोमा परेको छ । सदन ढिला बोलायो । सदन बोलाएको २१ दिन भइसक्यो तर अहिलेसम्म हातमा लाग्यो शून्य, यस्तो स्थितिमा छ । सदन प्रभावकारी हुनुपर्ने हो । तर, अहिले आरोप र प्रत्यारोपको थलो बनेको छ । त्यहाँ विचार, नीति र सिद्धान्तको बहस हुँदैन । फगत आरोप-प्रत्यारोप हुन्छ ।’

उनले सदनमा सांसदले सोधेको प्रश्नको प्रधानमन्त्रीले उत्तर नदिनु लज्जाजनक भएको बताए ।

Comments

One response to “माओवादी भन्छ- सरकार अध्यादेशको पासोमा पर्‍यो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सरकार ढल्ला र लुड्याउने पालो आउला भनेर मुख मिठ्याएर बसेका छन् माओवादीका भ्रष्टाचारी लुटेराहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *