पोखरामा लिङ्देनको गर्जनः राजालाई निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटी ल्याउने छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटी पुर्‍याउने उद्घोष गरेका छन् । उनले कांग्रेस र एमालेलाई आत्मालोचनासहित नवीन समझदारीमा आउन आह्वान गरे ।

आज पोखरामा राप्रपाले आयोजना गरेको विरोधसभामा बोल्दै लिङदेनले पूर्वराजा ज्ञानेन्द्रले हालै गरेको आह्वानलाई सबै जनताले साथ दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘राजाको सन्देश आएको छ । जनताले राजाको यो आह्वानलाई साथ दिएर अगाडि आउनुपर्ने समय आयो । म राजनीतिक दलहरुलाई पनि आह्वान गर्न चाहन्छु । ए कांग्रेस, एमाले र माओवादीहरु १ तपाईंहरुले हिजो राम्रै विचारले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता ल्याउनुभयो होला । तर, दुई दशकको अभ्यासपछि अब यो व्यवस्थाले देश चल्दैन भन्ने तपाईंहरुलाई पनि लागिसक्यो । त्यसैले अब आत्मालोचना गर्नुस । देशले थप द्वन्द्व थेग्न सक्दैन । राप्रपाले द्वन्द्व र रक्तपात चाहँदैन । त्यसैले शान्तिपूर्ण बाटोबाट सम्झौताबाट देशको समस्या समाधान गरौं । आउनुस नवीन समझदारी गरौं ।’

आफूहरूले पछाडि फर्किने कुरा नगरेको लिङदेनले बताए । हिजो र आजका राम्रा कुराहरू समेटेर सबै पक्ष अटाउने व्यवस्थामा जानुपर्ने उनको मत छ ।

लिङदेनले थपे, ‘हामी पछाडि फर्किने होइन । राजाको चाहना पनि पछाडि फर्किने होइन । हामी सबैको निष्कर्ष देश यही स्थितिमा रहिरहन सक्दैन भन्ने हो । अब हिजोका पनि राम्रा कुराहरु र आजका पनि राम्रा कुराहरु समेटेर नयाँ समझदारी गरौ. । राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न सकिन्छ ।’

राजाको अभिभावकत्वमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने प्रस्ताव उनले अघि सारेका छन् । यो विश्वमै एउटा मौलिक प्रयोग हुने उनको भनाइ छ ।

‘एउटा-एउटा कुरा होइन, अब व्यवस्था नै परिवर्तन गरौं । अभिभावकीय संस्थाको रुपमा राजालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने । यो तपाईंहरुले स्वीकार गर्नुभएन भने राप्रपाले काठमाडौं केन्द्रीत आन्दोलन गर्छ,’ लिङ्देनले भने ।

उनले अगाडि थपे, ‘निर्मल निवास र नारायणहिटीको दुरी कति छ ? जसरी तपाईंहरूले राजालाई जबरजस्ती विस्थापित गर्नुभयो, हामी निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटीबाट पुर्याउन तयार छौं । त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । यसलाई सामान्य कुरा नसम्झिनुहोला ।’

Comments

3 responses to “पोखरामा लिङ्देनको गर्जनः राजालाई निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटी ल्याउने छौं”

  1. ksp pyl Avatar
    ksp pyl

    ज्ञानेन्द्रलाई दरवारमा हुलिदिन पाए ठूलो भाग खाउँला भनेर हिडेका छन् दासहरू । धिक्कार छ दास मानसिकता भएका तिमीहरूलाई ।

    1. Nick Kashyap Avatar
      Nick Kashyap

      तिमीहरू चाही केरा खाएर बसेका छौ? नेताले भ्रष्टाचार नितीगत दुरूपयोग गरेर हसुरेर बसेका छौ। अमेरिकी-युरोपेली पैसा जनताको नाममा ल्याएर पार्टी चलाएका छौ, कार्यकर्ता पालेका छौ। व्यवसायीहरू बाट घुमाउरो पाराले पैसा उठाएर ठालु भै पल्टेका छौ। राजा आएपछी तिम्रा खाइपाइ आएका सबै हराउछ भनेर आत्तिएका छन् स्यालहरू। सबैभन्दा धेर भ्रस्टाचार २०४६ पछीनै भएको छ, पन्चायत भन्दा बढी शाशन गरेका छौ त नेताहरूले!! संघियता को नाममा आफ्ना नेता कार्यकर्ता पोसेका छौ , त्यो कसले हेर्छ?

  2. नारायण Avatar
    नारायण

    राजा बिरेन्द्र लाई ल्याउन अब भगवान ले पनि सक्दैनन्
    यिनी माइला दाइ लाई भो पर्दैन बल न गरेको राम्रो नेताज्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *