काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रा.लि.को अनुमतिपत्र नवीकरण गर्न अस्वीकार गरेको छ । नेपाल पे टाइमलाइ प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको राष्ट्र बैंकले जनाएको हो ।
नेपाल पे टाइमले २०७६ मा भुक्तानी सेवा प्रदायकको अनुमति पत्र पाएको थियो । तर, यस संस्थाले प्रदान गर्दै आएको सेवा अहिले बन्द रहेको छ । सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एक प्ले स्टोर र एम स्टोरमा नरहेको राष्ट्र बैंकले जनाएको छ ।
यस संस्थाको संस्थागत सुशासनको अवस्था कमजोर रहेको राष्ट्र बैंकले जनाएको छ । यस संस्थाले राष्ट्र बैंकको निर्देशन समेत नटेरेको पाइएको छ ।जसले गर्दा राष्ट्र बैंकले अनुमतिपत्र नवीकरण नगरेको जनाएको छ ।
यस संस्थासँग कुनै लेनदेन बाँकी भए ३० दिनभित्र सम्पर्क गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

Leave a Reply