किट प्रकरणमा भारतको कूटनीतिक असफलता भन्दै भारतीय लेखकले देखाए यी कमजोरी

काठमाडौं । गत आइतबार भारतको ओडिसा राज्यको भुवनेश्वरमा भएको किट कलेजमा मृत भेटिएकी प्रकृति लम्साल र त्यसपछि नेपाली विद्यार्थीहरूमा कलेज प्रशासनबाट भएको ज्यादती जोड्दै भारतीय लेखक तथा टिप्पणीकार शास्त्री रामाचन्दरनले यसलाई भारतको कूटनीतिक कमजोरी बताएका छन् ।

‘स्टेट अफ नेपाल’ नामक पुस्तकमा सम्पादक समेत भएका शास्त्रीले भारतीय अखबार डेक्कन हेराल्डमा एक लेख लेखेका छन् । ‘किट आत्महत्या: भारतको कूटनीतिक परीक्षामा अनुत्तीर्ण’ शीर्षक दिएर लेखेको लेखमा शास्त्रीले भारतका विभिन्न कमजोरीहरू देखाएका छन् ।

यो घटनाले भारतले छिमेकी तथा अफ्रिकीहरूसँग गर्ने व्यवहारमा कमजोरी देखिएको भन्दै शास्त्रीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट लेख्नु भन्दा अगाडिसँग भारतीय अधिकारीहरूले कुनै छानबिन तथा चासो नदेखाएको लेखेका छन् ।

भारतले आफैँ समस्याको समाधान नगरेर नेपालले दूतावासका कर्मचारीहरू पढाएर समस्यामा जुध्नु परेको भन्दै शास्त्रीले त्यसलाई भारतको कूटनीतिक असफलता भनेर चित्रित गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपालीको सवालमा धेरै भारतीयहरू नस्लवादी प्रकृतिका छन् । जुन यो घटनामा छताछुल्ल भयो । किट कलेजका दुई स्टाफ सदस्यले बोलेर भाइरल भएको भिडिओमा त्यो नस्लिय अहंकार देखाएको छ ।’

किट कलेजले देखाएको नस्लवाद भारतको उत्तरपूर्वी क्षेत्रका विद्यार्थीहरूलाई पनि लाद्ने गरिएको शास्त्रीले लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *