माओवादीसँग मिल्दैछ भनेर हामीविरुद्ध कुप्रचार हुँदैछ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले र माओवादीसँग मिल्दैछ भनेर भइरहेको प्रचारको खण्डन गरेका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफूहरू पार्टी एकताबद्ध बनाएर जाने पक्षमा रहेको बताए।

उनले भने, ‘हाम्रो पार्टीको विषयमा अनेक कुप्रचार हुँदैछन्। कसैले कहिले एमालेसँग यो पार्टी मिल्ने भयो भनेर कसैले माओवादीसँग मिल्न जाने भनेर, यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्न आवश्यक छैन। हामी हाम्रो पार्टीलाई बलियो र सशक्त बनाउन चाहन्छौँ।’

आफूहरूले दक्षिणपन्थी अवसरवादको विरुद्ध गरेको विद्रोहको औचित्य दिनदिनै पुष्टि हुँदै गएको जिकिर गरे।

उनले आफूहरू अहिले समाजवादी र वामपन्थी शक्तिहरूलाई साथ लिएर अघि बढ्ने पक्षमा रहेको बताए।

Comments

One response to “माओवादीसँग मिल्दैछ भनेर हामीविरुद्ध कुप्रचार हुँदैछ : माधव नेपाल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डको पुच्छरभन्दा अरू केही हैसियत देखिएन । बरू पार्टी मिलेदेखि कार्यकर्ताले पुच्छरको पनि पुच्छर त बन्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *