माधव नेपालको जिकिर- ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।

उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स-साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न पनि त्यति नै अग्रसर भएका छन् । संसदनको नियमदेखि विधिलाई नमान्ने, कसैले आलोचना गर्छ भने तीनिहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।

उनले सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरे ।

Comments

2 responses to “माधव नेपालको जिकिर- ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ (भिडिओ)”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Nepal ma sana party lai jati fast nimityanna paryo des ko valo hunxa. Ferdaral system sana party pokhara vairahawako airport nepal ko galgad ho.

  2. ksp pyl Avatar
    ksp pyl

    ओलिले तिम्रो पार्टी समाप्त पार्नै पर्दैन । आफैं तिम्रै कारण समाप्त भैरहेको छ दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *