च्याम्पियन्स ट्रफी: गिलको शतकमा भारतको शानदार जित

काठमाडौं । पाकिस्तान र युएईमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा बंगलादेशमाथी भारतले शानदार जित निकालेको छ ।

युएईमा बिहीबार भएको खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो ।

बंगलादेशले दिएको २ सय २९ रनको लक्ष्य भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि ओपनर शुभमन गिलले अविजित शतक बनाए ।

उनी १ सय २९ बलमा १ सय १ रनमा अविजित रहे । केएल राहुल ४१ रनमा अविजित रहदा कप्तान रोहित शर्माले ४१ र विराट कोहलीले २२ रनको योगदान दिए ।

बलिङमा बंगलादेशका लागि रिशाद होसेनले २, तास्कन अहमद र मुस्तफिजुर रहमानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर ४ बलमा २२८ रनमा समेटिएको थियो । बंगलादेशका लागि तोहिद रिदोएले शतक र जाकेर अलीले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् । रिदोएले १०० र जाकेरले ६८ रनको योगदान दिए ।

बलिङमा भारतका मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिए । हर्षित रानाले ३ र अक्षर पटेलले २ विकेट लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *