दैनिक हाजिरी सर्तमा छुटे बेलुनमा ग्यास भर्ने कमलेश

पोखरा । बेलुनमा ग्यास भर्ने भारतीय नागरिक कमलेश कुमार दैनिक हाजिरी सर्तमा छुटेका छन् ।

गत शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा स्पार्किङबाट आएको आगोको झिल्का लागेर बेलुन पड्किदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए । सोही बेलुनमा ग्यास भर्ने कमलेशलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले दैनिक हाजिर हुने सर्तमा छोड्न आदेशसँगै उनलाई थुनामुक्त गरिएको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । उनी दैनिक रुपमा उपस्थित हुनेछन् ।

बेलुन पड्किएको विषयमा छानविन गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति बनाएको छ । उक्त समितिलाई आइतबारबाट लागु हुने गरी १५ दिनको समय दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *